प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १८:२८-३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यसपछि रबसाके उठे र यहुदीहरूको भाषामा ठूलो स्वरले यसो भने: “अस्सेरियाका महाराजाधिराजको सन्देश सुन।+ २९ राजा यसो भन्‍नुहुन्छ, ‘हिजकियाहले तिमीहरूलाई बहकाउन नपाओस्‌, उसले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्दैन।+ ३० अनि हिजकियाहको यो कुरा पत्याएर तिमीहरू यहोवामा भर नपर: “यहोवाले हामीलाई पक्कै बचाउनुहुनेछ। उहाँले यस सहरलाई अस्सेरियाका राजाको हातमा पर्न दिनुहुनेछैन।”+ ३१ हिजकियाहको कुरा नसुन किनकि अस्सेरियाका राजा यसो भन्‍नुहुन्छ: “आत्मसमर्पण गर र मसित मिलाप गर। त्यसो गऱ्‍यौ भने तिमीहरू हरेकले आफ्नै अङ्‌गुर बगानबाट र आफ्नै अन्जिरको बोटबाट फल खान पाउनेछौ अनि आफ्नै कुवाको पानी पिउन पाउनेछौ। ३२ अनि म आएर तिमीहरूलाई प्रशस्त अन्‍न, नयाँ मद्य, रोटी, अङ्‌गुर बगान, जैतुनको रूख र मह भएको तिमीहरूको जस्तै देशमा लैजानेछु।+ तब तिमीहरूको ज्यान जोगिनेछ र तिमीहरू मर्नुपर्ने छैन। हिजकियाहको कुरा नसुन किनकि उसले यसो भनेर तिमीहरूलाई भ्रममा पार्दै छ, ‘यहोवाले हामीलाई बचाउनुहुनेछ।’ ३३ के अहिलेसम्म कुनै जातिका ईश्‍वरले अस्सेरियाका राजाको हातबाट आफ्नो देशलाई बचाउन सकेको छ? ३४ हमाथ+ र अर्पादका देवताहरू कहाँ गए? सेफर्बेम,+ हेना र इव्वाहका देवताहरू कहाँ छन्‌? के तिनीहरूले सामरियालाई मेरो हातबाट बचाउन सके?+ ३५ यीमध्ये कुनै पनि जातिका ईश्‍वरले आफ्नो देशलाई मेरो हातबाट बचाउन सकेनन्‌ भने के यहोवाले चाहिँ यरुसलेमलाई मेरो हातबाट बचाउन सक्ला?”’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने