प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १९:१-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यो खबर पाउनेबित्तिकै राजा हिजकियाहले आफ्नो लुगा च्याते र भाङ्‌ग्रा ओढेर यहोवा परमेश्‍वरको भवनमा गए।+ २ त्यसपछि तिनले महलको रेखदेख गर्ने जिम्मा पाएका एलियाकिम, सचिव सेब्नाह र पुजारीहरूका नाइकेहरूलाई आमोजका छोरा भविष्यवक्‍ता यसैयाकहाँ+ पठाए। तिनीहरू सबै भाङ्‌ग्रा ओढेर उनीकहाँ गए। ३ तिनीहरूले उनलाई यसो भने: “हिजकियाह भन्‍नुहुन्छ, ‘यो दिन दुःख, निन्दा* र अपमानको दिन हो। हामी प्रसववेदनामा परेकी स्त्रीझैँ भएका छौँ, जसको बच्चा जन्माउने बेला आइसकेको छ तर बच्चा जन्माउनलाई शक्‍ति नै छैन।+ ४ सायद यहोवा तपाईँका परमेश्‍वरले रबसाकेले भनेका सबै कुरा सुन्‍नुहुनेछ, जसलाई तिनका मालिक अस्सेरियाका राजाले जीवित परमेश्‍वरलाई हाँक दिन पठाएका थिए।+ अनि यहोवा तपाईँका परमेश्‍वरले जे-जे सुन्‍नुभयो, त्यसको लेखा उहाँले तिनीसित लिनुहुनेछ। त्यसैले देशमा जो-जो बाँकी रहेका छन्‌, तिनीहरूका लागि उहाँसित बिन्ती गरिदिनुहोस्‌।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने