-
२ राजा १९:१४-१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ हिजकियाहले ती सन्देशवाहकहरूले ल्याएका पत्रहरू लिए र पढे। त्यसपछि तिनी यहोवा परमेश्वरको भवनमा गए र यहोवासामु ती पत्रहरू फिँजाए।+ १५ अनि तिनले यहोवा परमेश्वरलाई यसो भन्दै प्रार्थना गरे:+ “हे इस्राएलका परमेश्वर यहोवा, जो करूबहरूभन्दा+ माथि* विराजमान हुनुहुन्छ, पृथ्वीका सारा राज्यहरूमा तपाईँ मात्र साँचो परमेश्वर हुनुहुन्छ।+ तपाईँले नै स्वर्ग र पृथ्वी बनाउनुभयो। १६ हे यहोवा! मतिर आफ्नो कान फर्काउनुहोस् र मेरो कुरा सुन्नुहोस्।+ हे यहोवा! आफ्नो आँखा उघार्नुहोस् र हामीमाथि नजर लगाउनुहोस्।+ तपाईँ जीवित परमेश्वरलाई हाँक दिन सनहेरिबले भनेको एक-एक कुरामा ध्यान दिनुहोस्। १७ हे यहोवा! यो कुरा साँचो हो, अस्सेरियाका राजाहरूले सबै जाति र तिनीहरूको देशलाई ध्वस्त पारेका छन्।+ १८ उनीहरूले तिनीहरूका देवताहरूलाई आगोमा भस्म गरिदिएका छन्। किनकि ती साँच्चैका ईश्वर थिएनन्;+ ती त मानिसहरूको हातका काम मात्र थिए,+ काठ र ढुङ्गा मात्र थिए। त्यसैले त उनीहरूले ती देवताहरूलाई नाश गर्न सके। १९ तर हे यहोवा हाम्रा परमेश्वर, हामीलाई त्यसको हातबाट जोगाउनुहोस् र पृथ्वीका सबै राज्यले तपाईँ यहोवा मात्र परमेश्वर हुनुहुन्छ भनेर थाह पाऊन्।”+
-