-
२ राजा १९:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० त्यसपछि आमोजका छोरा यसैयाले हिजकियाहकहाँ यो सन्देश पठाए: “इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ, ‘तिमीले अस्सेरियाका राजा सनहेरिबको विषयमा गरेको बिन्ती मैले सुनेँ।+ २१ त्यसैले यहोवा परमेश्वरले उसको विरुद्धमा यसो भन्नुभएको छ:
“सियोनकी कुमारी छोरी तँलाई तुच्छ ठान्छिन्, उनी तेरो खिसी गर्छिन्।
यरुसलेमकी छोरी तँलाई गिज्याउँदै आफ्नो शिर हल्लाउँछिन्।
-