-
२ राजा १९:२२-२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तैँले कसलाई हाँक दिइस् र कसको निन्दा गरिस्?+
कसको विरुद्धमा तँ ठूलठूलो स्वरले कराइस्?+
तैँले कोविरुद्ध आफ्नो अहङ्कारी आँखा उठाइस्?
तैँले इस्राएलका पवित्र परमेश्वरविरुद्ध यी सब गरिस्!+
२३ तैँले आफ्ना सन्देशवाहकहरूमार्फत+ यहोवालाई हाँक दिँदै+ यसो भनिस्,
‘म आफ्ना अनगिन्ती रथसहित आउनेछु
र पहाडहरूको टुप्पोमा उक्लनेछु।
म लेबनानको टाढा-टाढासम्मै पुग्नेछु।
म देवदारका अग्ला-अग्ला रूखहरू, धुपीका असल-असल रूखहरू काट्नेछु।
अनि टाढा-टाढाका त्यसका शरणस्थान र त्यसका घना जङ्गलहरूमा छिर्नेछु।
२४ म बिरानो ठाउँमा इनार खन्नेछु र त्यहाँको पानी पिउनेछु।
म आफ्नो कुर्कुच्चोले टेकेर मिश्रका सबै खोला* सुकाइदिनेछु।’
-
-
यसैया १०:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० त्यस उपरान्त इस्राएलका बाँकी रहेकाहरू
र याकुबको घरानाका बचेका मानिसहरू
तिनीहरूमाथि भर पर्नेछैनन्, जसले उनीहरूलाई प्रहार गरे।+
बरु तिनीहरू इस्राएलका पवित्र परमेश्वर यहोवामाथि भर पर्नेछन्
र उहाँप्रति वफादार हुनेछन्।
-