-
२ राजा १९:२५, २६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ के तैँले सुनेको छैनस्? मैले धेरै अघि यो कुरा निश्चय गरिसकेको थिएँ।+
मैले धेरै पहिले यसको तयारी गरेको थिएँ।+
अब म त्यो पूरा गर्नेछु।+
तैँले पर्खालले घेरिएका बलिया-बलिया सहरहरू उजाड पार्नेछस्।+
२६ ती सहरहरूका बासिन्दाहरू निस्सहाय हुनेछन्।
तिनीहरू डरले थरथर काँप्नेछन् र लाजमा पर्नेछन्।
तिनीहरू खेतको बोटबिरुवा र हरियो घाँसपातझैँ ओइलाउनेछन्।+
तिनीहरू घरको छतमा उम्रने घाँसझैँ हुनेछन्, जुन पूर्वीय बतासले गर्दा सुकिहाल्छ।
-