२७ तर तँ कहिले बस्छस्, कहिले बाहिर जान्छस् अनि कहिले भित्र छिर्छस्, त्यो सब मलाई थाह छ।+
अनि तँ कहिले मसित रिसाउँछस्, त्यो पनि मलाई थाह छ।+
२८ किनकि मविरुद्धको तेरो रिस+ र तेरो गर्जन मेरो कानसम्मै पुगेको छ।+
त्यसैले म तेरो नाकमा अङ्कुसे र तेरो ओठमा लगाम लगाउनेछु+
अनि तँ जुन बाटो भएर आएको थिइस्, त्यही बाटोबाट तँलाई फर्काउनेछु।”+