२६ मानिसहरू यहुदाका सहरहरूबाट, यरुसलेमवरपरका ठाउँहरूबाट, बिन्यामिनको इलाकाबाट,+ बेँसीबाट,+ यहुदाका पहाडी भेगबाट अनि नेगेबबाट आउनेछन्। तिनीहरूले आफूसित बलिदान,+ अग्निभेटी,+ अन्नभेटी,+ सेतो धूप र धन्यवादको बलिदान ल्याउनेछन्+ अनि यहोवाको भवनमा चढाउनेछन्।