९ तिनले यहोवा परमेश्वरको भवन,+ राजमहल+ र यरुसलेमका सबै घरमा+ आगो लगाइदिए। तिनले सहरका सबै गण्यमान्य मानिसको घरमा पनि आगो लगाइदिए।+१० अनि पहरेदारहरूका कप्तानसित आएको कल्दियाली सेनाले यरुसलेमको चारैतिर भएका पर्खालहरू ढाल्यो।+
२९ अनि यस सहरविरुद्ध खडा भएका कल्दियालीहरू यहाँ आउनेछन् र सहरमा आगो लगाइदिनेछन्।+ अनि यहाँ भएका ती सबै घर खरानी हुनेछन्, जुन घरहरूका छतहरूमा मानिसहरूले बाआलका लागि बलि चढाएर अनि अरू देवताहरूका लागि मद्यभेटी चढाएर मलाई रिस उठाए।’+