-
यर्मिया १८:७-१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यदि मैले कुनै जाति वा राष्ट्रको विषयमा ‘म त्यसलाई उखेल्नेछु, भत्काउनेछु र विनाश गर्नेछु’ भनेँ+ ८ तर त्यस राष्ट्रले आफ्नो दुष्ट मार्ग त्याग्यो भने म आफ्नो मन बदल्नेछु* र त्यसमाथि जुन विपत्ति ल्याउने विचार गरेको थिएँ, त्यो ल्याउनेछैनँ।+ ९ अथवा मैले कुनै जाति वा राष्ट्रको विषयमा ‘म त्यसलाई निर्माण गर्नेछु र रोप्नेछु’ भनेँ १० तर त्यस राष्ट्रले मेरो नजरमा जे खराब छ, त्यही गऱ्यो र मेरो आज्ञा मानेन भने म आफ्नो मन बदल्नेछु र त्यसलाई जे आशिष् दिने विचार गरेको थिएँ, त्यो दिनेछैनँ।’
-
-
यर्मिया २४:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ “म, इस्राएलका परमेश्वर यहोवा यसो भन्छु: ‘मैले कल्दियालीहरूको देशमा निर्वासनमा पठाएका यहुदाका मानिसहरूलाई ती असल अन्जिरहरूजस्तै सम्झेर राम्रो व्यवहार गर्नेछु। ६ तिनीहरूकै भलो होस् भनेर म तिनीहरूमाथि नजर राख्नेछु र तिनीहरूलाई फेरि यस भूमिमा फर्काउनेछु।+ म तिनीहरूलाई बनाउनेछु र फेरि भत्काउनेछैनँ; म तिनीहरूलाई रोप्नेछु र फेरि उखेल्नेछैनँ।+
-