- 
	                        
            
            इजकिएल ८:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१० अनि भित्र पसेर हेर्दा मैले भित्तामा अनेक किसिमका घस्रने जन्तु र घिनलाग्दा पशुका आकृतिहरू+ अनि इस्राएलको घरानाको सबै खालका घिनलाग्दा मूर्तिहरूको*+ आकृति देखेँ; ती चारैतिर भित्ताभरि कुँदिएका थिए। ११ अनि ती सबैको अगाडि इस्राएलको घरानाका ७० जना नाइके उभिरहेका थिए। तिनीहरूसँगै सापानका छोरा याजन्याह+ पनि थिए। तिनीहरू सबैको हातमा धुपौरो थियो र धुपौरोबाट सुगन्धित धूपको धुवाँ बादलसरह उठिरहेको थियो।+
 
 -