-
यसैया ४४:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ देवदारको रूख काट्ने मानिसले
एउटा खास किसिमको रूख, फलाँटको रूख छान्छ;
उसले त्यसको हेरचाह गर्छ र जङ्गलमा त्यसलाई बढ्न दिन्छ।+
उसले तेजपातको जस्तै रूख पनि रोप्छ र पानी परेपछि त्यो हलक्क बढ्छ।
१५ त्यसपछि उसले त्यो रूख काटेर दाउरा चिर्छ;
उसले त्यो दाउरा बाल्छ र आगो ताप्छ;
त्यसको आगोमा उसले रोटी पकाउँछ।
अनि त्यस रूखबाटै उसले एउटा देवता पनि बनाउँछ र त्यसको पूजा गर्छ;
उसले खोपेर मूर्ति बनाउँछ र त्यसलाई ढोग्छ।+
-
-
हबकुक २:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ मूर्ति बनाउनेलाई त्यो मूर्तिबाट के फाइदा हुन्छ र,
जुन ऊ आफैले बनाएको हो?
धातुको मूर्तिबाट र झूटको शिक्षकबाट के लाभ हुन्छ र?
तैपनि त्यसलाई बनाउनेले त्यसमाथि भरोसा गर्छ
अनि बोल्न नसक्ने व्यर्थका देवताहरू बनाउँछ।+
-