-
यर्मिया ३०:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ यहोवा यसो भन्नुहुन्छ:
“याकुबको पालमा बस्नेहरू, जो कैदमा परेका छन्, तिनीहरूलाई म जम्मा गर्नेछु,+
तिनको वासस्थानलाई* म दया गर्नेछु।
डाँडाको सहर फेरि त्यहीँ बसालिनेछ+
र त्यसका बलिया किल्लाहरू पहिलेकै ठाउँमा खडा गरिनेछन्।
१९ तिनीहरूले धन्यवाद चढाउनेछन् र तिनीहरूको हाँसो गुञ्जिनेछ।+
म तिनीहरूको सङ्ख्या बढाउनेछु,+
तिनीहरू बढेर अनगिन्ती हुनेछन्*
र कसैले तिनीहरूलाई हेप्नेछैन।+
-