-
यर्मिया ३३:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: ‘कुनै मानिस अनि कुनै वस्तुभाउ नभएको यो उजाड ठाउँ र यसका सबै सहरमा फेरि घाँसे मैदानहरू हुनेछन् र त्यहाँ गोठालाहरूले आफ्नो बगाल चराउनेछन्।’+
-
-
इजकिएल ३६:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० म तिमीहरूका मानिसहरू अर्थात् इस्राएलको सम्पूर्ण घरानाको सङ्ख्या बढाउनेछु। अनि सहरहरू आबाद हुनेछन्+ र उजाड पारिएका सहरहरू फेरि बसालिनेछन्।+ ११ म तिमीहरूका मानिसहरूको र गाईवस्तुको सङ्ख्या बढाउनेछु;+ तिनीहरू बढ्दै गएर धेरै हुनेछन्। अनि तिमीहरूलाई पहिला-पहिलाजस्तै आबाद गराउनेछु+ र पहिलेभन्दा पनि फलिफाप गराउनेछु+ अनि तिमीहरूले म नै यहोवा हुँ भनेर जान्नेछौ।+
-