प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ म फारोको हृदय कठोर हुन दिनेछु+ र उनी इस्राएलीहरूलाई भेट्टाउन पछिपछि आउनेछन्‌; त्यसपछि म फारो र उनका सम्पूर्ण फौजलाई परास्त गरेर आफ्नो नाम उच्च पार्नेछु।+ अनि सारा मिश्रीले म यहोवा हुँ भनेर थाह पाउनेछन्‌।”+ इस्राएलीहरूले आफूलाई जसो भनिएको थियो, त्यसै गरे।

  • २ राजा १९:१७-१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ हे यहोवा! यो कुरा साँचो हो, अस्सेरियाका राजाहरूले सबै जाति र तिनीहरूको देशलाई ध्वस्त पारेका छन्‌।+ १८ उनीहरूले तिनीहरूका देवताहरूलाई आगोमा भस्म गरिदिएका छन्‌। किनकि ती साँच्चैका ईश्‍वर थिएनन्‌;+ ती त मानिसहरूको हातका काम मात्र थिए,+ काठ र ढुङ्‌गा मात्र थिए। त्यसैले त उनीहरूले ती देवताहरूलाई नाश गर्न सके। १९ तर हे यहोवा हाम्रा परमेश्‍वर, हामीलाई त्यसको हातबाट जोगाउनुहोस्‌ र पृथ्वीका सबै राज्यले तपाईँ यहोवा मात्र परमेश्‍वर हुनुहुन्छ भनेर थाह पाऊन्‌।”+

  • भजन ८३:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तिनीहरूको सधैँ बेइज्जती भइरहोस्‌, तिनीहरू कहिल्यै डरमुक्‍त नहोऊन्‌;

      तिनीहरूको अपमान होस्‌, तिनीहरू नाश होऊन्‌।

      १८ मानिसहरूले जानून्‌ कि तपाईँ, जसको नाम यहोवा हो,+

      सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।+

  • इजकिएल ३९:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “‘जातिजातिबीच म आफ्नो महिमा प्रकट गर्नेछु। मैले तिनीहरूलाई दिएको दण्ड र तिनीहरूबीच प्रकट गरेको शक्‍ति* तिनीहरू सबैले देख्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने