-
इजकिएल ३३:३०, ३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० “हे मानिसको छोरा, तिम्रा देशवासी पर्खालको छेउमा र घरका ढोकाहरूमा एकअर्कासित तिम्रो बारेमा कुरा गर्दै छन्।+ तिनीहरूले एकअर्कालाई अनि आफ्ना दाजुभाइलाई ‘आओ, यहोवा के भन्दै हुनुहुन्छ, सुनौँ’ भन्दै छन्। ३१ पहिले-पहिलेजस्तै तिनीहरू तिमीकहाँ आउनेछन् र मेरा मानिसहरूजस्तो बनेर तिमीसामु बस्नेछन्। तिनीहरूले तिम्रो कुरा सुन्नेछन् तर तिमीले भनेझैँ गर्नेछैनन्।+ तिनीहरू मुखले त ठिक्क पार्छन्* तर मनमा भने बेइमानीद्वारा केही पाउने लोभ गरिरहेका हुन्छन्।
-