प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ९:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ तर हामीले जे-जति दुःख भोग्यौँ, हामी त्यसको लायक थियौँ। तपाईँले हामीमाथि कुनै अन्याय गर्नुभएको छैन। बरु तपाईँ सधैँ विश्‍वासयोग्य साबित हुनुभयो। दुष्ट काम गर्ने त हामी नै हौँ।+

  • यर्मिया २२:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “‘जातिजातिका मानिसहरू यस सहर भएर जाँदा एकअर्कालाई यसो भन्‍नेछन्‌: “यहोवा परमेश्‍वरले यस भव्य सहरको किन यस्तो हालत बनाउनुभयो?”+ ९ अनि तिनीहरूले यस्तो जवाफ दिनेछन्‌: “किनकि तिनीहरूले आफ्ना परमेश्‍वर यहोवासित गरेको करार भङ्‌ग गरे अनि अरू नै देवताहरूलाई ढोगे र उनीहरूको पूजा गरे।”’+

  • इजकिएल ९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तब उहाँले मलाई भन्‍नुभयो: “इस्राएलको र यहुदाको घरानाले घोर पाप गरेका छन्‌।+ सहर रक्‍तपात+ र भ्रष्टाचारले+ भरिएको छ। किनभने तिनीहरू यसो भन्छन्‌, ‘यहोवाले हामीलाई देख्नुहुन्‍न। यहोवाले यस भूमिलाई छोडेर गइसक्नुभयो।’+

  • दानिएल ९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ हे यहोवा, तपाईँ न्यायी हुनुहुन्छ तर हाम्रो अनुहार भने लाजले ढाकिएको छ, जस्तो कि आजका दिनहरूमा भएको छ। यहुदाका मानिसहरू, यरुसलेमका बासिन्दाहरू, हो, सारा इस्राएलीहरू, जो टाढा र नजिकका ती सबै ठाउँमा छन्‌, जहाँ तपाईँले तिनीहरूलाई तितरबितर पार्नुभएको छ, तिनीहरू सबै लज्जित भएका छन्‌ किनकि तिनीहरूले तपाईँलाई विश्‍वासघात गरेका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने