योना ३:४, ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ योना सहरभित्र पसे। सहरभित्र एक दिनको बाटो हिँडेपछि तिनले यसो भनेर घोषणा गरे: “अबको ४० दिनमा निनवे नाश हुनेछ!” ५ यो सुनेर निनवेका मानिसहरूले परमेश्वरमा विश्वास गरे।+ अनि तिनीहरूले उपवासको घोषणा गरे र सानादेखि ठूला सबैले भाङ्ग्रा ओढे। मत्ति ११:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ “ए कोराजिन, तँलाई धिक्कार! ए बेथसेदा, तँलाई धिक्कार! किनकि तिमीहरूकहाँ गरिएका शक्तिशाली कामहरू टायर र सिदोनमा गरिएका भए तिनीहरूले भाङ्ग्रा लगाएर अनि खरानीमाथि बसेर धेरै अघि नै पश्चात्ताप गरिसकेका हुने थिए।+
४ योना सहरभित्र पसे। सहरभित्र एक दिनको बाटो हिँडेपछि तिनले यसो भनेर घोषणा गरे: “अबको ४० दिनमा निनवे नाश हुनेछ!” ५ यो सुनेर निनवेका मानिसहरूले परमेश्वरमा विश्वास गरे।+ अनि तिनीहरूले उपवासको घोषणा गरे र सानादेखि ठूला सबैले भाङ्ग्रा ओढे।
२१ “ए कोराजिन, तँलाई धिक्कार! ए बेथसेदा, तँलाई धिक्कार! किनकि तिमीहरूकहाँ गरिएका शक्तिशाली कामहरू टायर र सिदोनमा गरिएका भए तिनीहरूले भाङ्ग्रा लगाएर अनि खरानीमाथि बसेर धेरै अघि नै पश्चात्ताप गरिसकेका हुने थिए।+