-
दानिएल ४:३१-३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ राजाले यो कुरा बोल्न नपाउँदै स्वर्गबाट एउटा यस्तो वाणी आयो: “ए राजा नबुकद्नेजर, तिम्रो लागि यस्तो सन्देश छ, ‘तिम्रो हातबाट राज्य खोसिएको छ,+ ३२ तिमीलाई मानिसहरूको माझबाट धपाइनेछ। जमिनका पशुहरूसित तिम्रो बास हुनेछ र तिमीले गोरुले जस्तै घाँस खानुपर्नेछ। यसरी सात काल बित्नेछ। तब सर्वोच्च परमेश्वर नै मानिसजातिको शासक हुनुहुन्छ र उहाँले जसलाई चाहनुहुन्छ उसैलाई शासन सुम्पिनुहुन्छ भनेर तिमीले जान्नेछौ।’”+
३३ त्यसैबेला नबुकद्नेजरमाथि यो कुरा पूरा भयो। तिनलाई मानिसहरूको माझबाट धपाइयो अनि तिनले गोरुले जस्तै घाँस खान थाले र आकाशको शीतले तिनको शरीरलाई भिजायो। तिनको कपाल चीलको प्वाँखजस्तै लामो भयो र तिनका नङ पनि चराको नङ्ग्राजस्तै भए।+
३४ “त्यो समय सकिएपछि+ म नबुकद्नेजरले आकाशतिर हेरेँ र मेरो होस फर्कियो। तब मैले सर्वोच्च परमेश्वरको जयजयकार गरेँ, सदासर्वदा जीवित रहनुहुने परमेश्वरलाई मैले प्रशंसा र महिमा चढाएँ। किनकि उहाँको शासन कहिल्यै अन्त हुँदैन र उहाँको राज्य पुस्तौँपुस्तासम्म रहिरहन्छ।+ ३५ उहाँको अगाडि पृथ्वीका बासिन्दाहरू नगण्य छन्। अनि स्वर्गका सेना र पृथ्वीका बासिन्दाहरूसित उहाँ आफ्नो इच्छाअनुसार व्यवहार गर्नुहुन्छ। उहाँलाई रोक्न सक्ने कोही पनि छैन+ वा कसैले पनि उहाँलाई यसो भन्न सक्दैन, ‘यो तपाईँले के गर्नुभएको?’+
-