प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा ९:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “हे मेरा परमेश्‍वर! म यत्ति लज्जित र अपमानित भएको छु कि म आफ्नो अनुहार तपाईँतिर फर्काउन सक्दिनँ। किनकि हे मेरा परमेश्‍वर, हाम्रा पापहरू ज्यादै धेरै छन्‌ र हाम्रो दोष स्वर्गसम्मै पुगेको छ।+ ७ हाम्रा पितापुर्खाको पालादेखि आजसम्मै हामीले साह्रै खराब काम गरेका छौँ।+ हाम्रा गल्तीहरूले गर्दा हामी, हाम्रा राजाहरू र हाम्रा पुजारीहरू देश-देशका राजाहरूको हातमा पऱ्‍यौँ। हामी तरबारले नाश भयौँ,+ बन्दी बनाएर लगियौँ,+ लुटियौँ+ र अपमानित भयौँ। आज पनि हाम्रो हालत त्यस्तै छ।+

  • नहेम्याह ९:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “तर तिनीहरू अनाज्ञाकारी भए र तपाईँको विद्रोह गर्न थाले।+ तिनीहरूले तपाईँको व्यवस्थातर्फ पिठिउँ फर्काए। तिनीहरूलाई तपाईँकहाँ फर्काएर ल्याउन तिनीहरूलाई चेतावनी दिने तपाईँका भविष्यवक्‍ताहरूलाई तिनीहरूले मारे। यसरी तिनीहरूले साह्रै खराब कामहरू गरेर तपाईँको अपमान गरे।+

  • नहेम्याह ९:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ तर हामीले जे-जति दुःख भोग्यौँ, हामी त्यसको लायक थियौँ। तपाईँले हामीमाथि कुनै अन्याय गर्नुभएको छैन। बरु तपाईँ सधैँ विश्‍वासयोग्य साबित हुनुभयो। दुष्ट काम गर्ने त हामी नै हौँ।+

  • भजन १०६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ हाम्रा पुर्खाहरूले जस्तै हामीले पाप गरेका छौँ;+

      हामीले गल्ती गरेका छौँ, दुष्ट काम गरेका छौँ।+

  • विलाप ३:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ “हामीले गल्ती गऱ्‍यौँ र तपाईँको विरोध गऱ्‍यौँ+ अनि तपाईँले हामीलाई क्षमा गर्नुभएको छैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने