१४ तब आमोसले अमस्याहलाई जवाफ दिए: “म भविष्यवक्ता थिइनँ न त भविष्यवक्ताको छोरा नै हुँ; म त गोठालो थिएँ+ अनि अन्जिरको रूखको हेरचाह गर्थेँ।*१५ तर यहोवा परमेश्वरले मलाई बगालको हेरचाह गर्ने काम छोड्न लगाउनुभयो अनि यहोवाले मलाई यसो भन्नुभयो, ‘जाऊ, मेरो जाति इस्राएलकहाँ गएर भविष्यवाणी गर।’+
१९ तर पत्रुस र युहन्नाले तिनीहरूलाई यस्तो जवाफ दिए: “परमेश्वरको नजरमा कुन ठीक हो, तपाईँहरूको कुरा सुन्नु कि परमेश्वरको, तपाईँहरू आफै निर्णय गर्नुहोस्। २० तर जहाँसम्म हाम्रो कुरा छ, हामी आफूले देखेको अनि सुनेको कुरा नबोली बस्न सक्दै सक्दैनौँ।”+