-
गन्ती २२:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिनले बेअरका छोरा बालामलाई बोलाउन आफ्ना सन्देशवाहकहरू पठाए।+ बालाम युफ्रेटिस नदीनजिकै आफ्नो जन्मथलो पेथोरमा बस्थे। राजा बालाकले उनलाई यस्तो सन्देश पठाए: “हेर्नुहोस्, मिश्रबाट निस्केर आएका मानिसहरूले पूरै पृथ्वी* ढाकिसके।+ यिनीहरू अहिले मेरै अगाडि पाल टाँगेर बसिरहेका छन्। ६ यिनीहरू मभन्दा शक्तिशाली छन्। त्यसैले बिन्ती छ, यहाँ आएर यी मानिसहरूलाई सराप दिनुहोस्।+ तपाईँले यिनीहरूलाई सराप दिनुभयो भने सायद म यिनीहरूलाई हराउन सक्छु अनि यहाँबाट खेद्न सक्छु। मलाई थाह छ, तपाईँ ज-जसलाई आशिष् दिनुहुन्छ, तिनीहरूलाई आशिष् लाग्छ अनि ज-जसलाई सराप दिनुहुन्छ, तिनीहरूलाई सराप लाग्छ।”
-