-
यर्मिया ३९:५-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तर कल्दियाली सेनाले तिनीहरूलाई खेद्यो र यरिहोको मरुभूमिमा सिदकियाहलाई भेट्टायो।+ उनीहरूले तिनलाई पक्रे अनि हमाथको+ रिब्लाहमा+ बेबिलोनका राजा नबुकद्नेजरसामु हाजिर गराए। त्यहाँ नबुकद्नेजरले तिनलाई सजाय सुनाए। ६ बेबिलोनका राजाले रिब्लाहमा सिदकियाहका छोराहरूलाई तिनकै आँखाको सामने मार्न लगाए। साथै बेबिलोनका राजाले यहुदाका सबै गण्यमान्य मानिसलाई पनि मारे।+ ७ त्यसपछि उनले सिदकियाहको आँखा फोरिदिए र तिनलाई बेबिलोनमा लैजान तामाको साङ्लाले बाँधे।+
-
-
दानिएल ५:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ हे महाराज, सर्वोच्च परमेश्वरले हजुरका बुबा नबुकद्नेजरलाई राज्य, मानसम्मान अनि ऐश्वर्य दिनुभयो र उहाँलाई महान् तुल्याउनुभयो।+ १९ परमेश्वरले उहाँलाई महान् तुल्याउनुभएकोले सबै राष्ट्रका र सबै भाषाका मानिसहरू उहाँको अगाडि डरले थरथर काँप्थे।+ उहाँले जसलाई चाहनुहुन्थ्यो, त्यसलाई मार्न वा छोडिदिन सक्नुहुन्थ्यो अनि जसलाई चाहनुहुन्थ्यो, त्यसलाई महिमित पार्न वा खसाल्न सक्नुहुन्थ्यो।+
-