प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २३:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तैपनि यहुदामाथि यहोवा परमेश्‍वरको जुन क्रोध दन्केको थियो, त्यो शान्त भएन। किनकि मनस्सेले दुष्ट कामहरू गरेर उहाँलाई असाध्यै रिस उठाएका थिए।+

  • २ इतिहास ३६:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तर तिनीहरूले साँचो परमेश्‍वरका सन्देशवाहकहरूको खिसी गरिरहे,+ उहाँको वचनलाई तुच्छ सम्झे+ र उहाँका भविष्यवक्‍ताहरूलाई हाँसोमा उडाए।+ तिनीहरूले त्यसै गरिरहे र आखिरमा तिनीहरू सुधार्नै नसकिने* हदसम्मै पुगे। अनि यहोवा परमेश्‍वरको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो।+

      १७ त्यसैले परमेश्‍वरले कल्दियालीहरूका राजालाई तिनीहरूमाथि आक्रमण गर्न लगाउनुभयो।+ उनले तिनीहरूको पवित्र स्थानमा*+ तिनीहरूका जवान मानिसहरूलाई तरबारले मारे।+ उनले ठिटा, ठिटी, वृद्ध, अशक्‍त कसैमाथि पनि दया देखाएनन्‌।+ परमेश्‍वरले सबथोक उनको हातमा दिनुभयो।+

  • यर्मिया २३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० आफूले मनमा ठानेको कुरा पूरा नगरेसम्म

      यहोवाको रिस मर्नेछैन।

      आखिरी समयमा तिमीहरूले यो कुरा छर्लङ्‌गै बुझ्नेछौ।

  • विलाप ४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवाले आफ्नो क्रोध पोखाउनुभएको छ;

      उहाँले आफ्नो भयङ्‌कर रिस पोखाउनुभएको छ।+

      अनि उहाँले सियोनमा आगो सल्काउनुभएको छ, जसले गर्दा त्यसका जगहरू भस्म भएका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने