-
आमोस २:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “यहोवा यसो भन्नुहुन्छ,
‘“मोआबले+ तीन पटक होइन तर चार-चार पटक विद्रोह* गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ
किनकि उसले चुनको लागि एदोमको राजाका हड्डीहरू जलायो।
२ त्यसैले म मोआबमा आगो पठाउनेछु
अनि त्यसले केरिओथका+ बलिया किल्लाहरूलाई भस्म गरिदिनेछ।
तब खैलाबैला, युद्धको ठूलो आवाज
र सिङ फुकेको आवाजसँगै मोआबको पतन हुनेछ।+
-