प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ७:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ यदि कसैले अशुद्ध मानिस,+ अशुद्ध जनावर+ वा घिनलाग्दो अशुद्ध चिज+ छोयो र यहोवा परमेश्‍वरलाई चढाएको मेलबलिको मासु खायो भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।’”*

  • गन्ती ५:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “कुष्ठरोग लागेको हरेक मानिस,+ धातु बगेको हरेक व्यक्‍ति+ र लास छोएर अशुद्ध भएको हरेक व्यक्‍तिलाई+ छाउनी बाहिर राख्नू भनेर इस्राएलीहरूलाई आज्ञा देऊ। ३ पुरुष होस्‌ या स्त्री, तिनीहरूलाई छाउनी बाहिर राख्नू। म तिमीहरूमाझ बास गर्ने भएकोले+ त्यस्ता व्यक्‍तिहरूले छाउनीलाई अशुद्ध नपारून्‌+ भनेर तिनीहरूलाई छाउनीबाहिर लैजानू।”

  • गन्ती ९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ लास छोएर अशुद्ध भएको कारण केही मानिसले त्यो दिन निस्तार चाड मनाउन सकेनन्‌।+ त्यसैले तिनीहरू त्यही दिन मोसा र हारुनकहाँ आए।+

  • गन्ती १९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ कसैले लास छोएमा ऊ सात दिनसम्म अशुद्ध रहोस्‌।+

  • गन्ती ३१:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अनि तिमीहरू सात दिनसम्म छाउनीबाहिर पाल टाँगेर बस्नू। तिमीहरूमध्ये ज-जसले कसैलाई मारेका छौ वा कसैको लास छोएका छौ,+ तिनीहरूले तेस्रो र सातौँ दिनमा आफैलाई शुद्ध पारून्‌+ र तिमीहरूले बन्दी बनाएकाहरूले पनि आफैलाई शुद्ध पारून्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने