६ चौथो महिनाको नवौँ दिन+ अनिकालले भयङ्कर रूप लियो। सहरमा एक गेडो अन्न बाँकी थिएन।+ ७ आखिरमा सहरको पर्खाल भत्काइयो। अनि कल्दियालीहरूले सहरलाई घेरिरहेकै बेला यरुसलेमका सबै सिपाही राती सहरबाट भागे। तिनीहरू राजाको बगैँचानजिकै भएका दुई वटा पर्खालबीचको ढोकाबाट छिरे र अराबाह जाने बाटोतिर गए।+