-
जकरिया ४:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ त्यसपछि तिनले मलाई सोधे: “तिमीले के देख्यौ?”
तब मैले जवाफ दिएँ: “मैले सुनको एउटा पानस देखेँ।+ पानसमाथि एउटा कचौरा पनि छ। अनि पानसको हरेक टुप्पोमा एकएक वटा दियो छ। पानसमा भएका यी सात वटा दियोमा+ सात वटा नली छन्। ३ अनि पानसको छेउमा जैतुनका दुइटा रूख+ छन्; एउटा कचौराको दायाँपट्टि र अर्को बायाँपट्टि।”
-