-
२ राजा २५:८-१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ पाँचौँ महिनाको सातौँ दिन अर्थात् बेबिलोनका राजा नबुकद्नेजरको शासनकालको १९ औँ वर्षमा तिनका सेवक—पहरेदारहरूका कप्तान नबुजरदान+ यरुसलेम आए।+ ९ तिनले यहोवा परमेश्वरको भवन,+ राजमहल+ र यरुसलेमका सबै घरमा+ आगो लगाइदिए। तिनले सहरका सबै गण्यमान्य मानिसको घरमा पनि आगो लगाइदिए।+ १० अनि पहरेदारहरूका कप्तानसित आएको कल्दियाली सेनाले यरुसलेमको चारैतिर भएका पर्खालहरू ढाल्यो।+
-
-
यर्मिया ५२:१२-१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ पाँचौँ महिनाको १० औँ दिन अर्थात् बेबिलोनका राजा नबुकद्नेजरको शासनकालको १९ औँ वर्षमा राजाका सेवक—पहरेदारहरूका कप्तान नबुजरदान यरुसलेममा आए।+ १३ तिनले यहोवा परमेश्वरको भवन, राजाको महल र यरुसलेमका सबै घरमा आगो लगाइदिए। तिनले सबै ठूलठूला घरमा पनि आगो लगाइदिए।+ १४ अनि पहरेदारहरूका कप्तानसित आएको कल्दियाली सेनाले यरुसलेमको चारैतिर भएका पर्खालहरू ढाल्यो।+
-