२० उहाँले अझै यसो भन्नुभयो: “जे कुरा मानिसबाट बाहिर निस्कन्छ, त्यसले नै उसलाई अशुद्ध बनाउँछ।+ २१ किनकि भित्रबाट, मानिसको हृदयबाटै+ यी कुराहरू निस्कन्छन्: हानिकारक विचार, अवैध यौनसम्बन्ध, चोरी, हत्या, २२ व्यभिचार, लोभ, दुष्ट्याइँ, छल, निर्लज्ज आचरण, ईर्ष्यालु नजर, निन्दा, अहङ्कार र मूर्खता।