प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस ३:२२-२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ साथै यरुसलेमबाट ओर्लेर आएका शास्त्रीहरूले यसो भनिरहेका थिए: “यसमा बालजिबुलले* बास गरेको छ र प्रेतहरूको शासकबाट शक्‍ति पाएको भएरै यसले प्रेतहरूलाई धपाउँछ।”+ २३ त्यसैले तिनीहरूलाई आफ्नो नजिक बोलाएर उहाँले उदाहरणहरू दिएर यसो भन्‍नुभयो: “सैतानले सैतानलाई नै कसरी धपाउन सक्छ र? २४ यदि कुनै राज्यभित्र फूट छ भने त्यो राज्य कदापि टिक्न सक्दैन;+ २५ अनि यदि कुनै घरभित्र फूट छ भने त्यो घर टिक्न सक्दैन। २६ त्यसरी नै यदि सैतान आफ्नै विरुद्धमा खडा भएको छ र त्यो आफैमा फूट छ भने त्यो टिक्न सक्दैन तर त्यसको अन्त हुनेछ। २७ बलियो मानिसको घरभित्र पसेको मानिसले पहिला त्यो बलियो मानिसलाई नबाँधीकन उसको सामान चोर्न सक्दैन। त्यसपछि मात्र त्यसले उसको घर लुट्‌न सक्छ।

  • लुका ११:१५-२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तर तिनीहरूमध्ये कोही-कोहीले यसो भने: “यसले प्रेतहरूको शासक बालजिबुलको* मदतले प्रेतहरूलाई धपाउँछ।”+ १६ अरूले चाहिँ उहाँको परीक्षा लिन उहाँसित स्वर्गबाट एउटा चिन्ह माग्न थाले।+ १७ तिनीहरूको विचार थाह पाएर+ उहाँले भन्‍नुभयो: “जुन राज्यभित्र फूट छ, त्यो उजाड हुन्छ अनि जुन घरभित्र फूट छ, त्यसको पतन हुन्छ। १८ त्यसैले सैतान आफैमा फूट छ भने त्यसको राज्य कसरी टिक्ला र? किनकि तिमीहरू भन्छौ, म बालजिबुलको मदतले प्रेतहरूलाई धपाउँछु। १९ यदि म बालजिबुलको मदतले प्रेतहरूलाई धपाउँछु भने तिमीहरूका छोराहरूचाहिँ* कसको मदतले धपाउँछन्‌? त्यसैले तिमीहरूका छोराहरूले नै तिमीहरूलाई गलत साबित गर्नेछन्‌। २० तर यदि म परमेश्‍वरको पवित्र शक्‍तिले*+ प्रेतहरूलाई धपाउँछु भने यसको मतलब परमेश्‍वरको राज्य आएको तिमीहरूले चालै पाएका रहेनछौ।+ २१ हातहतियारले सुसज्जित बलियो मानिसले आफ्नो घरको रखवाली गरेको छ भने उसको सम्पत्ति सुरक्षित हुन्छ। २२ तर ऊभन्दा बलियो कुनै मानिस आएर उसलाई हरायो भने त्यसले ती सबै हातहतियार लैजान्छ, जसमाथि उसले भरोसा गरिरहेको थियो। अनि ऊबाट लुटेका कुराहरू भाग लगाउँछ। २३ जो मेरो पक्षमा छैन, त्यो मेरो विरुद्धमा हुन्छ अनि जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने