-
मर्कुस ७:८-१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तिमीहरू मानिसहरूको परम्पराको पछि लागेर परमेश्वरको आज्ञालाई लत्याउँछौ।”+
९ उहाँले तिनीहरूलाई यसो पनि भन्नुभयो: “आफ्नो परम्परा टिकाइराख्न तिमीहरू परमेश्वरको आज्ञालाई चतुऱ्याइँसित पन्छाउँछौ।+ १० उदाहरणका लागि, मोसाले भनेका थिए: ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू’+ र ‘जसले आफ्नो बुबा वा आमालाई गाली गर्छ, त्यो मारियोस्।’+ ११ तर तिमीहरू भन्छौ: ‘यदि कसैले आफ्नो बुबा वा आमालाई “मसँग तपाईँहरूलाई फाइदा हुने जे-जति कुराहरू छन्, ती सबै कुर्बानी (अर्थात्, परमेश्वरलाई अर्पण गरेको भेटी) हो” भन्छ भने त्यो ठीकै हो।’ १२ अनि तिमीहरू उसलाई आफ्नो बुबा वा आमाको निम्ति केही पनि गर्न दिँदैनौ।+ १३ यसरी तिमीहरू आफ्नो परम्पराले गर्दा परमेश्वरको वचनलाई बेकामको तुल्याउँछौ+ अनि तिमीहरू यस्तै-यस्तै थुप्रै काम गर्छौ।”+
-