-
मर्कुस १०:४१-४५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ जब बाँकी १० जनाले यो कुरा सुने, तब तिनीहरू याकुब र युहन्नासित असाध्यै रिसाए।+ ४२ तर येसुले तिनीहरूलाई आफूकहाँ बोलाएर यसो भन्नुभयो: “तिमीहरूलाई थाहै छ, संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन् र तिनीहरूका ठूलाबडाहरूले तिनीहरूमाथि अख्तियार जमाउँछन्।+ ४३ तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन; तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ।+ ४४ अनि तिमीहरूमाझ जो पहिलो हुन चाहन्छ, ऊ सबैको दास हुनुपर्छ। ४५ किनकि मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+
-