-
लुका १९:३६-३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ अनि उहाँ अगाडि बढ्दै गर्नुहुँदा तिनीहरूले आ-आफ्नो लुगा बाटोमा बिछ्याउन थाले।+ ३७ उहाँ जैतुन डाँडाको ओरालो बाटोनजिक पुग्नेबित्तिकै चेलाहरूको भीडले आनन्द मनाउँदै चर्को स्वरले परमेश्वरको प्रशंसा गर्न थाल्यो किनकि तिनीहरूले थुप्रै शक्तिशाली काम देखेका थिए। ३८ तिनीहरूले यसो भन्न थाले: “यहोवाको* नाममा आउने राजा धन्यका हुन्! स्वर्गमा शान्ति होस् अनि स्वर्गमा बस्नुहुने परमेश्वरको महिमा होस्!”+
-