प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १२:३५-३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ तर मन्दिरमा सिकाउँदा उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “ख्रिष्ट दाउदको छोरा हुन्‌ भनी शास्त्रीहरूले कसरी भन्‍न सके?+ ३६ पवित्र शक्‍ति पाएर+ दाउद आफैले यसो भनेका थिए: ‘यहोवाले* मेरा प्रभुलाई भन्‍नुभयो, “तिमी मेरो दाहिने हाततिर बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि राख्दिनँ।”’+ ३७ दाउद आफैले उसलाई प्रभु भनी सम्बोधन गर्छन्‌ भने ऊ कसरी तिनको छोरा हुन सक्छ र?”+

      उहाँको कुरा ठूलो जमातले मक्ख परेर सुनिरहेको थियो।

  • लुका २०:४१-४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ फेरि उहाँले तिनीहरूलाई सोध्नुभयो: “ख्रिष्ट दाउदको छोरा हुन्‌ भनी तिनीहरूले कसरी भन्‍न सके?+ ४२ किनकि दाउद आफै भजनको पुस्तकमा यसो भन्छन्‌: ‘यहोवाले* मेरा प्रभुलाई भन्‍नुभयो, “तिमी मेरो दाहिने हाततिर बस, ४३ जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”’+ ४४ यदि दाउदले उसलाई प्रभु भनी सम्बोधन गर्छन्‌ भने ऊ कसरी तिनको छोरा हुन्छ?”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने