-
मत्ति ६:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ “मानिसहरूले देखून् भनेर उनीहरूको अगाडि धर्मकर्म गर्नदेखि होसियार होओ+ नत्र त स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ। २ यसकारण तिमीले दानपुण्य* गर्दा कपटीहरूले जस्तो झ्याली नपिट्नू किनकि तिनीहरू मानिसहरूबाट प्रशंसा बटुल्न सभाघर र गल्लीहरूमा झ्याली पिट्छन्। म तिमीहरूलाई साँच्चै भन्छु, तिनीहरूले आफ्नो पूरा इनाम पाइसकेका हुन्छन्।
-