-
लुका १९:२०-२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तर अर्को दास यसो भन्दै आयो: ‘मालिक, तपाईँको मीना यहाँ छ। मैले यसलाई कपडामा लुकाएर राखेँ। २१ मलाई तपाईँको डर लाग्यो किनकि तपाईँ कठोर मानिस हुनुहुन्छ। तपाईँ आफूले जम्मा नगरेको पैसा लिनुहुन्छ अनि आफूले नछरेको बाली कटनी गर्नुहुन्छ।’+ २२ तिनले उसलाई भने: ‘ए दुष्ट दास, तेरै मुखले बोलेको कुराको आधारमा म तेरो न्याय गर्नेछु। म आफूले जम्मा नगरेको पैसा लिने र आफूले नछरेको बाली कटनी गर्ने कठोर मानिस हुँ भनेर तँलाई थाहै रहेछ, हैन त?+ २३ त्यसोभए तैँले मेरो पैसा* साहूकहाँ लगेर किन राखिनस्? तैँले त्यसो गरेको भए म फर्कँदा ब्याजसहित त्यो फिर्ता पाउने थिएँ।’
-