२७ अनि येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू सबैले ठेस खानेछौ किनकि यस्तो लेखिएको छ: ‘म गोठालोलाई प्रहार गर्नेछु+ र भेडाहरू तितरबितर हुनेछन्।’+२८ तर मलाई मृत्युबाट ब्युँताइएपछि म तिमीहरूभन्दा अघि गालिल जानेछु।”+
३२ हेर, यस्तो समय आउँदै छ अनि भन्ने हो भने, त्यो समय आइसकेको छ, जब तिमीहरू सबै तितरबितर भएर आ-आफ्नो घर जानेछौ र मलाई एक्लै छोड्नेछौ;+ तैपनि म एक्लो छैनँ किनकि बुबा मसित हुनुहुन्छ।+