-
मर्कुस १४:३२-३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ उहाँहरू गेत्समनी भनिने ठाउँमा पुग्नुभयो र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: “मैले प्रार्थना गरुन्जेल तिमीहरू यहीँ बसिरहनू।”+ ३३ अनि उहाँले पत्रुस, याकुब र युहन्नालाई आफूसित लैजानुभयो।+ तब उहाँ असाध्यै दुःखित र खिन्न हुनुभयो। ३४ उहाँले तिनीहरूलाई भन्नुभयो: “मलाई मेरो ज्यानै जाला जस्तोगरि अत्यन्तै दुःख लागेको छ।+ तिमीहरू यहीँ बस र जागा रहो।”+ ३५ त्यसपछि अलि पर गएर उहाँले घुँडा टेक्नुभयो अनि सम्भव छ भने यो समय टरिजाओस् भनेर प्रार्थना गर्न थाल्नुभयो। ३६ अनि उहाँले यसो भन्नुभयो: “अब्बा,* हे बुबा,+ तपाईँको लागि सबै कुरा सम्भव छ। यो कचौरा मेरो सामुन्नेबाट हटाइदिनुहोस्। तैपनि म जे चाहन्छु, त्यो होइन तर तपाईँ जे चाहनुहुन्छ, त्यही होस्।”+
-
-
लुका २२:४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४० त्यहाँ पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “प्रलोभनमा नपर्न प्रार्थना गरिरहो।”+
-