-
मर्कुस १४:३७-४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ उहाँ फर्केर आउनुहुँदा तिनीहरूलाई निदाइरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्नुभयो: “सिमोन, के तिमी निदाइरहेका छौ? के तिमी एकछिन जागा बस्न सकेनौ?+ ३८ प्रलोभनमा नपर्न तिमीहरू जागा रहो र प्रार्थना गरिरहो।+ मन त साँच्चै तयार* छ तर शरीर भने कमजोर छ।”+ ३९ उहाँ फेरि जानुभयो र प्रार्थनामा त्यही कुरा भन्नुभयो।+ ४० उहाँ फेरि फर्कनुभयो र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो किनकि तिनीहरूका आँखा लोलाएका थिए। त्यसैले उहाँलाई के जवाफ दिने भनेर तिनीहरूलाई थाहै भएन। ४१ उहाँ तेस्रो पटक फर्कनुभयो र तिनीहरूलाई भन्नुभयो: “यस्तो बेला पनि तिमीहरू कसरी निदाउन र आराम गर्न सकेका! बस्, अब निदाउन पुग्यो! बेला आइपुगेको छ!+ हेर! मानिसको छोरालाई धोका दिएर पापीहरूको हातमा सुम्पिइनेछ। ४२ उठ, हामी जाऔँ। हेर! मलाई धोका दिने मानिस नजिकै आइपुगिसकेको छ।”+
-
-
लुका २२:४५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४५ प्रार्थना गरिसकेपछि उहाँ उठेर चेलाहरूकहाँ जानुभयो र तिनीहरू सुर्ताले क्लान्त भई निदाइरहेको भेट्टाउनुभयो।+
-