-
मर्कुस १४:५५-५९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५५ मुख्य पुजारीहरू र पूरै यहुदी न्यायपरिषद् येसुलाई मार्न उहाँको विरुद्धमा गवाही दिने मानिस खोजिरहेका थिए तर तिनीहरूले कोही भेटेनन्।+ ५६ हुनत थुप्रैले उहाँको विरुद्धमा झूटा गवाही दिइरहेका थिए+ तर तिनीहरूले दिएको गवाही आपसमा बाझियो। ५७ साथै केही मानिसहरू खडा भएर यसो भन्दै उहाँको विरुद्धमा झूटो गवाही दिँदै थिए: ५८ “यसले यसो भनेको हामीले सुन्यौँ, ‘मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु अनि मानिसको हातले नबनाएको अर्को मन्दिर तीन दिनमा बनाउनेछु।’”+ ५९ तर यसमा पनि तिनीहरूको कुरा बाझियो।
-