२६ अनि उहाँहरू गालिलपारि गेरासिनीहरूको इलाकामा किनारातिर जानुभयो।+ २७ येसु किनारामा ओर्लनुहुनेबित्तिकै सहरको एक जना मानिससित उहाँको भेट भयो। यस मानिसलाई प्रेतहरूले सताएको थियो र उसले लुगा नलगाएको निकै समय भइसकेको थियो अनि ऊ घरमा होइन, चिहानहरूमा बस्थ्यो।+