-
मत्ति ९:२०-२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० अनि हेर! १२ वर्षदेखि रगत बग्ने बेथाले पीडित एउटी स्त्री+ आएर पछाडिबाट उहाँको लुगाको किनारको फुर्का छोई।+ २१ किनकि उसले मनमनै यस्तो सोचेकी थिई: “यदि मैले उहाँको लुगा छुन मात्र पाएँ भने पनि म निको हुनेछु।” २२ येसु फनक्क फर्किनुभयो र उसलाई देखेपछि यसो भन्नुभयो: “नडराऊ नानी! तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”+ अनि उत्तिखेरै त्यो स्त्री निको भई।+
-