प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २०:२९-३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ उहाँहरू यरिहोबाट निस्केर जाँदै गर्दा मानिसहरूको एउटा ठूलो भीड उहाँको पछि लाग्यो। ३० अनि हेर! दुई जना अन्धा बाटोको छेउमा बसिरहेका थिए। जब तिनीहरूले येसु त्यही बाटो भएर जाँदै हुनुहुन्छ भनी सुने, तब तिनीहरूले यसो भन्दै पुकारे: “हे प्रभु, दाउदका छोरा, हामीमाथि कृपा गर्नुहोस्‌!”+ ३१ भीडले तिनीहरूलाई चुप लाग भनी हप्कायो तर तिनीहरू भने यसो भन्दै झन्‌ चिच्याए: “हे प्रभु, दाउदका छोरा, हामीमाथि कृपा गर्नुहोस्‌!” ३२ त्यसैले येसु रोकिनुभयो र तिनीहरूलाई बोलाएर सोध्नुभयो: “मैले तिमीहरूका लागि के गरिदिएको तिमीहरू चाहन्छौ?” ३३ तिनीहरूले उहाँलाई भने: “हे प्रभु, हाम्रा आँखाले देख्न सकून्‌।” ३४ तब येसुले टिठाउँदै तिनीहरूको आँखा छुनुभयो+ अनि उत्तिखेरै तिनीहरूले देख्न थाले र तिनीहरू उहाँको पछि लागे।

  • लुका १८:३५-४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ येसु यरिहोनजिकै पुग्नुहुँदा एक जना अन्धो मानिस बाटोको छेउमा बसेर भीख मागिरहेको थियो।+ ३६ त्यही बाटो भएर गइरहेको भीडको आवाज सुनेपछि उसले के हुँदै छ भनी सोध्यो। ३७ मानिसहरूले उसलाई भने: “नासरी येसु यो बाटो भएर जाँदै हुनुहुन्छ!” ३८ यो सुनेपछि उसले यसो भन्दै पुकाऱ्‍यो: “हे दाउदका छोरा येसु, ममाथि कृपा गर्नुहोस्‌!” ३९ अघिअघि गइरहेकाहरूले उसलाई “चुप लाग्‌” भनी हप्काउन थाले तर ऊ यसो भन्दै झन्‌ चिच्याइरह्‍यो: “हे दाउदका छोरा, ममाथि कृपा गर्नुहोस्‌!” ४० तब येसु रोकिनुभयो र त्यस माग्नेलाई आफूकहाँ ल्याउन मानिसहरूलाई आज्ञा दिनुभयो। ऊ नजिकै आइपुगेपछि येसुले उसलाई सोध्नुभयो: ४१ “मैले तिम्रो लागि के गरिदिएको तिमी चाहन्छौ?” उसले भन्यो: “हे प्रभु, मैले फेरि दृष्टि पाऊँ।” ४२ त्यसैले येसुले उसलाई भन्‍नुभयो: “तिम्रो दृष्टि फर्कोस्‌; तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”+ ४३ उत्तिखेरै उसले देख्न थाल्यो र परमेश्‍वरको महिमा गर्दै येसुको पछिपछि लाग्न थाल्यो।+ यो देखेर सबै मानिसले परमेश्‍वरको प्रशंसा गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने