-
लेवी १४:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “आठौँ दिन उसले पुजारीकहाँ यी कुराहरू ल्याओस्: भेडाको दुई वटा निष्खोट पाठो, भेडाको एउटा एक वर्षे निष्खोट पाठी,+ अन्नभेटीको निम्ति एपाको दस भागको तीन भाग* मसिनो पीठो, जुन तेलमा मुछेको होस्+ अनि एक लग* तेल।+ ११ त्यसपछि उसलाई शुद्ध ठहराउने पुजारीले ती भेटीहरूसँगै उसलाई भेट हुने पालको* प्रवेशद्वारमा यहोवा परमेश्वरसामु ल्याऊन्।
-