३ उहाँले तिमीहरूलाई नम्र बनाउनुभयो र तिमीहरूलाई भोकै हुन दिनुभयो+ अनि पछि मन्न खुवाउनुभयो;+ त्यो मन्न, जसबारे तिमीहरूलाई र तिमीहरूका पितापुर्खालाई पनि थाह थिएन। मानिस रोटीको भरमा मात्र होइन तर यहोवा परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्छ भनेर देखाउन नै उहाँले यसो गर्नुभएको थियो।+