-
मत्ति ९:२-८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अनि हेर! मानिसहरूले पक्षाघात भएको एक जना मानिसलाई खाटमा राखेर उहाँकहाँ ल्याउँदै थिए। तिनीहरूको विश्वास देखेर येसुले पक्षाघात भएको त्यस मानिसलाई भन्नुभयो: “हरेस नखाऊ बाबु! तिम्रो पाप क्षमा भयो।”+ ३ अनि कोही-कोही शास्त्रीहरूले मनमनै यसो भने: “यसले त परमेश्वरको निन्दा गर्दै छ।” ४ तिनीहरू के सोच्दै छन् भन्ने थाह पाएर येसुले यसो भन्नुभयो: “तिमीहरू किन आफ्नो हृदयमा यस्तो दुष्ट कुरा सोच्दै छौ?+ ५ वास्तवमा के भन्न सजिलो छ, ‘तिम्रो पाप क्षमा भयो’ भन्न कि ‘उठेर जाऊ’ भन्न?+ ६ तैपनि मानिसको छोरासित पृथ्वीमा पाप क्षमा गर्ने अख्तियार छ भन्ने तिमीहरूले बुझ . . .।” त्यसपछि उहाँले पक्षाघात भएको त्यस मानिसलाई भन्नुभयो: “उठ, तिम्रो खाट बोक अनि घर जाऊ।”+ ७ अनि ऊ उठ्यो र आफ्नो घरतिर लाग्यो। ८ यो देखेर भीडमा डर छायो र मानिसलाई यस्तो अख्तियार दिनुहुने परमेश्वरको तिनीहरूले महिमा गरे।
-