-
मत्ति ९:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ कसैले पनि पुरानो लुगा फाट्दा त्यसमा नयाँ कपडाको टालो हाल्दैन नत्र त नयाँ टालो सुकेर जाँदा त्यसले पुरानो लुगालाई तानेर झनै फटाउँछ।+ १७ त्यसैगरि मानिसहरूले नयाँ दाखमद्य* पुरानो मशकमा* राख्दैनन्। यदि तिनीहरूले त्यसो गरे भने मशक च्यातिएर दाखमद्य पोखिन्छ अनि मशक पनि कामै नलाग्ने हुन्छ। तर मानिसहरूले नयाँ दाखमद्य नयाँ मशकमै राख्छन् र ती दुवै जोगिन्छ।”
-
-
मर्कुस २:२१, २२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ कसैले पनि पुरानो लुगा फाट्दा त्यसमा नयाँ कपडाको टालो हाल्दैन किनकि त्यसो गऱ्यो भने नयाँ टालो सुकेर जाँदा त्यसले पुरानो लुगालाई तानेर झनै फटाउँछ।+ २२ त्यसैगरि कसैले पनि नयाँ दाखमद्य* पुरानो मशकमा* राख्दैन किनकि त्यसो गऱ्यो भने दाखमद्यले गर्दा मशक च्यातिन्छ अनि मशक र दाखमद्य दुवै खेर जान्छ। नयाँ दाखमद्य नयाँ मशकमै राखिन्छ।”
-