-
मत्ति ७:२४-२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ “त्यसकारण मेरा यी कुरा सुन्ने र पालन गर्ने सबै जना चट्टानमाथि आफ्नो घर बनाउने बुद्धिमान् मानिसजस्तै हुन्।+ २५ घनघोर पानी पऱ्यो, बाढी आयो, बतास चल्यो र घरलाई बेसरी हान्यो तैपनि त्यो ढलेन किनकि त्यो घर चट्टानमाथि बसालिएको थियो। २६ अर्कोतिर मेरा यी कुरा सुन्ने तर पालन नगर्ने सबै जना बालुवामाथि आफ्नो घर बनाउने मूर्ख मानिसजस्तै हुन्।+ २७ घनघोर पानी पऱ्यो, बाढी आयो, बतास चल्यो र घरलाई बेसरी हान्यो+ अनि त्यो ढल्यो र पूरै ध्वस्त भयो।”
-