३१ तब उहाँकी आमा र उहाँका भाइहरू+ आए अनि तिनीहरू बाहिरै उभिएर उहाँलाई बोलाउन कसैलाई पठाए।+ ३२ त्यतिखेर मानिसहरूको एउटा विशाल भीड उहाँको वरिपरि बसिरहेको थियो। त्यसैले तिनीहरूले उहाँलाई भने: “हेर्नुहोस्! तपाईँकी आमा र तपाईँका भाइहरू तपाईँलाई बाहिर पर्खिरहेका छन्।”+